हरतिालीका तीजको शुभकामना, नारीहरु आत्मनिर्भर र स्वावलम्बी बनौँ

काठमाडौं : बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले तीजको शुभकामना स्वरूप नारीहरूलाई आत्मनिर्भर तथा स्वावलम्बी बन्न सुझाएकी छन् । बेथानचोक गाउँपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले आयोजना गरेको तीज कार्यक्रममा बोल्दै उनले नारीहरूलाई आफै सक्षम बन्नुपर्ने कुरामा जोड दिन आग्रह गरेकी हुन् ।

उनले भनेकी छन्, ‘राणा शासन फाल्न, निरंकुशता फाल्न, प्रजातन्त्र र लोकतन्त्र ल्याउन लडेका नारीहरूले अबको लडाई आर्थिक क्रान्तिका लागि लड्न आवश्यक छ ।’ साथै उनले नारीलाई घरकै गृहमन्त्री, घरकी लक्ष्मी भनेर घरभित्रै सीमित गरिएकोमा घर हाँक्ने मात्र नभई देशै हाँक्न नारी सक्षम भएको बताइन् ।

Dengue

एक प्रसंगकाबीच उनले गाउँपालिकालाई महिलाका विभिन्न आयामहरूमा लगानी गर्न आग्रह गरेकी छन् ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एवम् संविधानसभा सदस्य कञ्चनचन्द्र बादेले महिला सशक्तीकरणको पाटोमा जिम्मेवार हुन सके मात्र समुन्नत समाज निर्माण हुने बताए । त्यसको साथै, गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले पनि नारी शक्तिले नेतृत्व गर्ने समय आएको बताउँदै अबको नेतृत्वका लागि तयार रहन आग्रह गरेकी छन् ।

गाउँपालिकाकी उपाध्यक्ष तारा राणाले कुराले मात्र महिला अघि बढ्न नसक्ने भएकोले महिलाका क्षेत्रमा उल्लेख्य लगानी गर्न आवश्यक रहेको बताएकी छन् ।

कार्यक्रममा नवराज ढुंगाना, स्मृति गौतम, वाइपी घिमिरे, गोपाल तिमिल्सिना, टंककृष्ण तिमिल्सना, सन्तबहादुर थापामगर, सोना थापामगरलगायतका कलाकारहरूले लोक दोहोरी गीत संगितले मनोरञ्जन गराएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार