बेहडाबाबा मन्दिरमा पर्यटकीय गन्तव्य सुरक्षित बनाउन ट्र्याक खोलेर इन्टरलक कार्य शुरु

धनगढी : पर्यटकीय गन्तव्य सुरक्षित बनाउन ट्र्याक खोलेर इन्टरलक कार्य शुरु लगाउने धनगढी उपमहानगरपालिका १६ स्थित रामपुर बेहडाबाबा मन्दिर को स्वामित्वमा रहेको महादेवा ताल बाहिरी आवरण सुरक्षित गर्न तथा पर्यटकीय गन्तव्य बनाउनका लागि ताल वरिपरि ट्र्याक खोलेर इन्टरलक लगाउने काम भएको छ।

गतवर्ष पर्यटन विभागबाट ढाई करोडको लागतमा ट्र्याक खोलिएको थियो। मन्दिरलाई पुरातत्त्व शैलीमा निर्माण गर्ने कार्यदेखि लिएर मन्दिरपरिषरमा इनटरलक लगाउने , धर्मशाला निर्माणदेखि लिएर अन्य थुप्रै कार्यहरु भएका छन्। आइतवार पर्यटन विभागका इन्जिनियर , ठेक्का सम्झौता गरेको संस्था , वडा न १६,१५,१७ का वडा अध्यक्ष , लगायत मन्दिर व्यवस्थापन समितिका सदस्य र स्थानीयहरू लगायतले सो ताल निरीक्षण गरेका हुन् ।

Dengue

महादेव ताल वरिपरि ट्र्याक बनाएर ब्लक लगाउने कार्य गतवर्ष नै सुरु भएको थियो। यस वर्ष पर्यटन विभाग बाट ५ करोड १२ लाख रकम विनियोजन भरेर ठेक्का समेत भैसकेको र सोमवारबाट नै काम शुरु हुने लागेको हो । पर्यटन विभाग काठमाडौँ बाट मन्दिर परिषद पुगेका इन्जिनियर वीरेन्द्र प्रसाद चौधरीले गत बर्ष पनि पर्यटन विभागले यस ठाउँमा कार्य गरेको भएता पनि पुर्णरुपले नसकिएको कारण यस बर्ष २.५ किलो मिटर जति इनटरलग छाप्ने,पर्खाल लगाउने, ट्वाईलेटहरु बनाउने कार्य २०८२ भाद्र २० गते भित्र सप्पन्न गर्ने लक्ष्य लिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार