सुर्खेत : कर्णाली प्रदेश सरकारले पर्सि शुक्रबार सार्वजनिक बिदा दिएको छ ।
नाग पञ्चमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए ।
नाग पञ्चमी (श्रावण शुक्ल पञ्चमी) साउन २५ गते परेको छ । पञ्चमीका दिन कर्णाली प्रदेशभित्रका सम्पूर्ण सरकारी संघ, संस्थाहरूमा सार्वजनिक बिदा दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्