महिला भलिबल लिगमा नेपाल समूह उपविजेता, सेमिफाइनलमा इरानसँग खेल्ने

काठमाण्डाै : काभा महिला भलिबल लिगमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै नेपाल समूह उपविजेता बनेको छ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई पहिलो सेटमा २५-८, दोस्रो सेटमा २५-१९ र तेस्रो सेटमा २५-१८ ले हरायो । यो जीतसँगै नेपालले ४ खेलमा ९ अङ्क जोडेको छ । अब नेपालले सेमिफाइनलमा लिगको तेस्रो स्थानमा रहेको इरानसँग खेल्नेछ । माल्दिभ्सले भने एक अङ्क पनि नजोडी प्रतियोगिता सकाएको छ ।

Dengue

यस्तै आजै भएको पहिलो खेलमा श्रीलङ्कालाई ३-० को सोझो सेटमा हराउँदै भारत समूह विजेता बनेको छ । भारतले सेमिफाइनलमा लिगको चौथो स्थानको श्रीलङ्कासँग खेल्नेछ ।

पहिलो सेमिफाइनलमा भोलि दिउँसो ३ बजे भारत र श्रीलङ्का तथा दोस्रो सेमिफाइनलमा बेलुकी सवा ५ बजे नेपाल र इरान खेल्नेछन् । काभा महिला भलिबल लिगको फाइनल खेल पर्सि बुधवार बेलुकी ५ बजे शुरू हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार