धनगढीकि २२ वर्षीय लक्ष्मी उपचारको क्रममा निसर्गमा अस्ताइन् !

धनगढी : धनगढीको खप्तड कलेजमा हेल्थ असिस्टेन्ट पढ्दै गरेकी २२ वर्षीया लक्ष्मी जोशीकोे निसर्ग अस्पतालमा मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १ शिवनगर बस्ने जोशीको सोमबार राति ३ बजे मृत्यु भएको हो । सामान्य पेट दुखेर करिब राति १२ बजे अस्पताल भर्ना भएकी उनको उपचारको क्रममा मृत्यु भएको हो।

धनगढी सूचना

सोमबार दिउँसो ३ बजे सामान्य वान्ता भएर अस्पाताल आएर घर गएकी थिइन्। पुनः राति पेट दुखेर करीब १२ बजे अस्पातल आएको र अस्पतालका चिकित्सकहरुले उपचारमा लापरवाही गरेकोे कारणले जोशीको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन्।

अस्पताल प्रशासनले भने उपचारमा अस्पतालको कुनै लापरबाही नभएको र अहिले यो विषयमा बैठक बसी रहेको बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

6%

खुसी

79%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

15%

आक्रोशित

सम्बन्धित समाचार