गजलकार खेम केसीको ‘लोरी’ बजारमा

काठमाडौं : गजलकार खेम केसीको गजल संग्रह ‘लोरी’ विमोचन भएको छ ।

राप्ति साहित्य परिषद् केन्द्रीय अध्यक्ष टीकाराम उदासीको अध्यक्षता, संस्थाका केन्द्रीय सल्लाहकार गोविन्द आचार्यको प्रमुख आतिथ्यता र लेखक केसीका मातापिताको उपस्थितमा ‘लोरी’ विमोचन गरिएको हो।

Seti Hospital

घोराहीस्थित होटल माला इनमा भएको उक्त कार्यक्रमको आयोजना राप्ति साहित्य परिषद् केन्द्रले गरेको हो।

उक्त विमोचन समारोहमा अभिनेता जीवन लुइटेल‍, गजलकार प्रदीप रोदन, गजलकार कपिल अञ्जान र कवि तथा कथाकार नवीन अभिलासीलगायतले केसीको गजल वाचन गरेका थिए।

केसीले ‘लोरी’को बिक्रीबाट आउने रकम र त्यसमा आफूले केही रकम थप गरेर बुवाआमाको नाममा चार लाख बराबरको अक्षयकोष राप्ति साहित्य परिषद्को नाममा स्थापना गर्ने घोषणा गरेका छन्।

प्युठानमा जन्मिएर हाल अमेरिकालाई कर्मथलो बनाइरेका केसीले लामो समयदेखि गजल, गीत र कवितामा लेख्दै आएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार