महाकालीको जलस्तर बढ्दै गएपछि दार्चुलामा प्रहरीको माइकिङ

दार्चुला : वर्षाका कारण महाकाली नदीको जलस्तर बढ्दै गएपछि प्रहरीले सीमा नाकाहरुमा माइकिङ गर्न थालेको छ ।

नदी किनारमा नजान र जोखिमबाट बच्नका लागि स्थानीय  नागरिकलाई सचेत गराउन माइकिङ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।  

प्रहरीले आइतबार सदरमुकाम क्षेत्रको रिङगलताल, बंगाबगड क्षेत्रमा माइकिङ गरेर सचेत गराएको छ । 

बंगाबगड, विरेन्द्र वन लगायतका क्षेत्रमा स्थानीयले महाकाली नदीबाट दाउरा संकलन गर्ने, नदी किनारमा भीड लाग्ने गरेका कारण प्रहरीले माइकिङ गरेर सावधानी अपनाउन आग्रह गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहानैदेखि आकस्मिकबाहेक अन्य नागरिकलाई सीमा पुलहरूमा आवतजावतमा कडाइ गरिएको छ ।

तिगर घाटमा भारतपट्टीबाट आएको चट्टानका कारण पुल नै जोखिममा परेको छ । जिल्ला सदरमुकाम खलंगामा रहेको पुलघाट खलंगा, तिग्रम, दत्तु, जौलिजिवी, बाकु, लाली, मल्घट्टे, माललगायतका पुलहरूमा आकस्मिकबाहेकको आवतजावत नगर्न स्थानीयलाई आग्रह गरिएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार