पारस भट्ट प्यासीको झ्याउरे छन्दमा कविता-धर्ती हो जननी

झ्याउरे छन्दमा कविता – धर्ती हो जननी

पाइन्छ खान, हे मेरो साथी,खेतबारी खनी
मान्छेको प्राण, बचाई राख्ने, धर्तीहो जननी
यो हाम्रो पेट माग्दछ भात उब्जाउ धानबाली
कसैले पनि, नराखौँ बाँजो,खेतबारी आलि

गरेर खाउ ,पर्दैन हिड्न, दुखको बाटोमा
संघर्ष गरौँ, पसिना पोखौँ, नेपाली माटोमा
मातृत्व भासा, रहुनु पर्छ, नेपाली भेषमा
पर्दैन जान, एकगाँस खान, अरुको देशमा

गलत ठाउँ, गलत बाटो, कहिले नजानु
सत्कर्म गर्नु, दुख नि सहनु, लुटेर नखानु
यो कुरा जान ,मिल्दैन खान, डुलेर घुमेर
छुप्पुमा छुप्पु, रोपौँहै धान, खेतमा झुमेर

नखाउ चोरी, नखाउ ठगी,सत्य गरौँ कुरा
समाउ हलो, समाउ कुटो, चलाउ पाखुरा
गरेर हेरौँ, धर्ती मै सुन ,कसो न फल्लानी
लगाउ सबै, तन रे मन, कृषिमा लगानी

लाउन खान, हुदैन कमि, कसैको घरमा
मेहनत गरे, पर्दैन बाच्न, कसैको भरमा
कृपा छ तिम्रो नत छु नाङ्गो नत म भोक छ
हे धर्ती माता, बचाई राख्नु, प्रणाम ढोग छ!

पारस भट्ट “प्यासी”

मेलौली २ “सुन्दरभुमी” सेलि बैतडी

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार