असार लागे संगै ७१ अर्ब ७२ करोड निक्षेप बैंकमा थुप्रियो !

काठमाडौ : असार लागेसँगै बैंकिङ प्रणालीमा ७१ अर्ब ७२ करोड निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार ४ देखि १६ असारसम्म यति निक्षेप थपिएको हो । आर्थिक वर्षको अन्य महिनाको तुलनामा असारमा बढी खर्च हुँदा निक्षेप पनि थुप्रिन थालेको हो । 

४ असारमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ६२ खर्ब ६३ अर्ब १६ करोड थियो । १६ असारमा आइपुग्दा यो ६३ खर्ब ३४ अर्ब ८९ करोड पुगेको छ ।

निक्षेप थुप्रिँदै जाने, तर कर्जा प्रवाह सुस्त हुँदा बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य पुँजी पनि वृद्धि हुँदै गएको छ । ४ देखि १६ असारको बीचमा १३ अर्ब ११ करोड ९९ लाखको कर्जा विस्तार भएको छ । लगानीयोग्य पुँजीको अवस्था मापन गर्ने कर्जा निक्षेपको अनुपात (सिडी रेसियो) १६ असारसम्म ७९.१८ प्रतिशत कायम भएको छ । ४ असारमा यस्तो अनुपात ७९.८७ प्रतिशत थियो ।  

सरकारले राजस्व उठाउँदा बैंकहरूले पनि निक्षेप प्राप्त गर्छन् । राजस्व संकलनमा भएको वृद्धिले सरकारी खर्च नहुँदासम्म बैंक तथा वित्तीय संस्थामा अल्पकालीन निक्षेपको काम गर्छ । सरकारले खर्च बढाउँदा बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्दै जान्छ । बैंकिङ प्रणालीबाट निजी क्षेत्र, निर्माण व्यवसायी, कर्मचारी तथा अन्य निकायले पैसा पाउने भएकाले निक्षेप बढाउन सरकारी खर्चको महत्वपूर्ण भूमिका रहन्छ । राजस्व र खर्चको सन्तुलनले बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलनमा भूमिका खेलेको हुन्छ । 

जेठदेखि १६ असारसम्मको अवधि (करिब डेढ महिना)मा बैंक तथा वित्तीय संस्थामा एक खर्ब ४९ अर्ब १६ करोड निक्षेप बढेको छ । १ जेठमा ६१ खर्ब ८५ अर्ब ७२ लाख निक्षेप संकलन थियो । १६ असारमा यो ६३ खर्ब ३४ अर्ब ८९ करोड रुपैयाँ पुगेको हो । १ जेठमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ५१ खर्ब १० अर्ब सात करोड पुगेको थियो । १६ असारमा यो बढेर ५१ खर्ब ४९ अर्ब ४१ करोड कायम भएको थियो । यसबीच कर्जा प्रवाह ३९ अर्ब ३३ करोड ५३ लाख रुपैयाँले बढेको हो । १ जेठमा कर्जा निक्षेपको अनुपात ८०.३५ प्रतिशत रहेकोमा १६ असारसम्ममा ७९.१८ प्रतिशत कायम भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार