नेको इन्सुरेन्सद्वारा रेडक्रसलाई एम्बुलेन्स प्रदान

काठमाडौँ : देशको बीमा बजारमा विगत २९ बर्षदेखि सेवा प्रदान गर्दै आएको नेको इन्सुरेन्स लिमिटेडले हालै बार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले विगतका बर्षहरु देखि नै आफ्‌नो सेवा प्रवाहका क्षेत्रमा निरन्तर वृद्धि गर्दै बीमाशुल्क, दाबी भुक्तानी, रोजगारीको अवसर, नेपाल सरकारलाई कर भुक्तानी लगायतका सूचकांकहरुमा उल्लेखनीय वृद्धि गर्दै आएको छ ।

कम्पनीले व्यवसायको साथसाथै समाज सेवाको लागि समय सयमा विभिन्न सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमहरु पनि गर्दै आएको छ । यस अघि सिरहाको सामुदायिक अस्पताललाई यन्त्र उपकरणको लागि सहयोग, बन्दीपुर– तनहुँको सामुदयिक अस्पतालको भवन निर्माणको लागि सहयोग प्रदान गरेको थियो

dashain shuvakamana
Discovery School

यसै क्रममा कम्पनीले लुम्बिनी प्रदेश अन्तर्गत रहेको नेपाल रेडक्रस सोसाइटी, वाणगंगा उपशाखा, कपिलवस्तुलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एम्बुलेन्स सौजन्य स्वरुप प्रदान गरेको छ । आज कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल रेडक्रस सोसाइटी, वाणगंगा उपशाखाका सभापति श्री शंकर पाण्डेलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरे ।

सो अवसरमा लुम्बिनी प्रदेश सभाका सांसद  विष्णु पन्ची, नेपाल प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी, कम्पनीका अध्यक्ष  रमेश कुमार निरौला तथा प्रमुख कार्यकारी अधिकृत  अशोक कुमार खड्काको समेतको उपस्थिति रहेको थियो ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार