गीता ज्ञान अभियानको काठमाडौँ संयोजन समिति घोषणा

भक्तराज जोशी

धनगढी । गीता ज्ञान अभियानको काठमाडौँ संयोजन समिति घोषणा भएको छ । किर्तिपुरको गाम्चामा आयोजित एक भेलाकाबीच काठमाडौँ संयोजन समिति घोषणा गरिएको हो । 

उक्त भेलाको अध्यक्षता वैदिक योग सनातन समाजका अध्यक्ष केशव अधिकारीले गरेका थिए । भेलाले घोषणा गरेको समितिको संयोजकमा सिर्जना मैलानी योगामाला रहेकी छिन् । त्यस्तै सहसंयोजकमा नरहरि प्रेमी र सल्लाहकारमा गोकुल थापा, कमला घिमिरे र सुदिप पौडेल रहेका छन् । 

Dengue

प्राध्यापक बैकुण्ठ थापाले सञ्चालन गरेको उक्त भेलामा विभिन्न अभियन्ताहरुले गीता ज्ञानको महिमाबारे आफ्नो बुझाई राख्नुका साथै थप चर्चा गरेका थिए । साथै भेलामा गीता ज्ञान अभियानका संकल्पकर्ता डा. हरि चन्द्र कमलीले गीता ज्ञानको महत्वमाथि प्रकाश पारेका थिए । 

भेलामा सहभागिहरुले गरेको जिज्ञासाबारे थप प्रकाश पार्दै उनले व्यक्तिगत र सामाजिक/सांस्कृतिक रुपान्तरणका लागि गीता ज्ञान अभियानमा जोडिन पनि सबैलाई आग्रह गरेका थिए । गीता ज्ञान जीवन विज्ञान’ भन्ने मूल मन्त्रका साथ व्यक्तिगत र सामाजिक रुपान्तरणका लागि जारी रहेको अभियान हो । यस अभियानले सनातन वैदिक ज्ञानको सार रहेको गीता ज्ञानलाई विविध कार्यक्रममार्फत प्रवर्द्धन गर्दै आएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार