अत्तरियाको होटलमा मस्ती गरिरहेका २ जोडि प्रहरी फन्दामा !

धनगढी : कैलालीको अत्तरियामा यौन धन्दामा संलग्न भएको आरोपमा दुई जोडीलाई पक्राउ गरिएको छ ।

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले गोदावरी नगरपालिका–२ अत्तरियास्थित होटलहरुमा शंका लागेर चेकजाँच गर्दा अनैतिक क्रियाकलापमा संलग्न चार जनालाई पक्राउ गरेको हो ।

Dengue

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले गोदावरी नगरपालिका–१ बस्ने ४५ वर्षीय र ४५ वर्षकै महिला, वडा नंम्बर ७ बस्ने २८ वर्षीया महिला र धनगढी उपमहनगरपालिका–५ बस्ने ५२ वर्षीय पुरुषलाई पक्राउ गरिएको जानकारी दिए ।

उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरि सार्वजनिक हित समेत बिरुद्धको कसुर सम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार