प्रहरीद्वारा दार्चुलामा निःशुल्क स्वास्थ्य शिविर

धनगढी : नेपाल प्रहरीले दार्चुलामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल धनगढी शाखाको आयोजनामा दार्चुला व्याँस गाँउपालिका वडा नम्बर ४ सुन्सेरामा गत मंगलबार सो स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल धनगढीको आयोजना र व्याँस गाउँपालिकाको सहयोगमा सर्वसाधरणहरुलाई लक्षित गरेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

Dengue

शिविरमा नाक, कान, घाटी, हाड जोर्नी, नसा, दन्त, स्त्रीरोग, रक्तचाप र मधुमेहलगायतका रोगको चेकजाँचका साथै नि।शुल्करुपमा औषधि विरतण गरिएको थियो ।

त्यस्तै शिविरमा १५२ जना पुरुष र २४७ जना महिला गरी ३९९ जनाको स्वास्थ्य परीक्षण गरी औषधि पनि वितरण गरिएको थियो ।

सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल धनगढीका निमित्त कार्यालय प्रमुख प्रा. प्रहरी नायव उपरीक्षक डा. नविन लागेजुको कमाण्डमा खटिएको चिकित्सक टोलिले सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्नुका साथै स्वास्थ्य परामर्श सेवा पनि प्रदान गरिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार