यू-१९ सुदूरपश्चिम छनाैट : लगातार तेस्राे जितका साथ बैतडी फाइनलमा प्रवेश

बैतडीः बैतडी वाई वाई यू १९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम छनाैटमा फाइनलमा प्रवेश गरेकाे छ। समूह ए मा रहेकाे बैतडी शतप्रतिशत नतिजा तथा लिग चरणका सबै तीन खेल जितेर फाइनलमा पुगेकाे हाे।

आज सम्पन्न लिग चरणको अन्तिम खेलमा डडेल्धुरामाथि ४ विकेट जित निकाल्दै बैतडी उपाधि नजिक पुगेकाे छ।
डडेल्धुराले दिएकाे १०९ रनकाे लक्ष्य बैतडीले २७.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्याे।जसमा कल्पेश चन्दले २६,दीपेश बाेहराले १९ र कप्तान नरेन भट्टले १६ रनकाे याेगदान गरे ।डडेल्धुराका किरन देउवा ३ र निरज ऐरले २ विकेट हात पारे।
त्यसअघि परशुराम नगरपालिका १२ स्थित जाेगबुढा रंग मैदानमा टस हारेर पहिला ब्याटिङ गरेकाे डडेल्धुरा २६ ओभरमा १०८ रनमा अलआउट भयाे।उसका राजेश ऐरले ४१,सचिन साउदले २० रन बनाए।

बैतडीका लागि कप्तान नरेन भट्टले ३ विकेट झारे। म्यान अफ द म्याच समेत भएका नरेनले ७ ओभरमा १ मेडन राख्दै ११ रन खर्चेर ३ विकेट चट्काएका हुन्।यस्तै सचिन भट्ट र आकाश चन्दले १/१ विकेट लिए ।

लगातार ३ खेल जित्दै समूह ए बाट अंकतालिकाकाे शिर्ष स्थानमा रहदै फाइनल पुगेकाे बैतडीले उपाधिका लागि समूह बी काे शिर्ष टाेलीसंग भिड्नेछ।समूह बी का खेल पर्सिदेखि र फाइनल खेल असार १ गते हुनेछ।

जेठ २० गतेदेखि शुरु प्रतियोगितामा क्यान आवद्ध प्रदेशका ८ जिल्लाकाे सहभागिता रहेकाे सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशीले जानकारी दिनुभयाे ।

सहभागी ८ टाेलीलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन भइरहेको हाे।दुबै समूहबाट शिर्ष स्थानमा पुग्ने टाेलीबीच फाइनल भिडन्त असार १ गते हुने प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष तथा प्रतियोगिता संयाेजक रमेश बाेहराले बताउनुभयो।

प्रदेशस्तरीय छनाैटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टाेली घाेषणा गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रमुख छनाैटकर्ता दीपेन्द्र भण्डारीले बताउनुभयो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार