बजेटमा मनपरिः सूचना केन्द्र बनाउन आएको १० लाखले चिसापानीमा चर्च बनाएपछी…

भक्तराज जोशी

कैलाली । कैलालीमा सरकारी बजेटको चरम दुरुपयोग भएको पाइएको छ । पर्यटन प्रवर्द्धन तथा सूचना केन्द्रको भवन निर्माण गर्न भन्दै सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले दिएको बजेटको दुरुपयोग भएको पाइएको हो ।

मन्त्रालय अन्तर्गतको प्रदेश पर्यटन इकाई कार्यान्वयन कार्यक्रम धनगढीले कैलालीको चिसापानीमा सूचना केन्द्र स्थापनाका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

Dengue

तर, सूचना केन्द्र स्थापनाको लागि विनियोजन गरिएको उक्त बजेट उपभोक्ता समितिले दुरुपयोग गर्दै चर्च निर्माण गरेको छ । आफूले पर्यटकीय गन्तव्यका रुपमा प्रख्या चिसापनीमा पर्यटन प्रवर्द्धन तथा सूचना केन्द्रको भवन बनाउन दिएको बजेटले चर्चको भवन निर्माण भएपछि प्रदेश सरकार स्वयम् रनभुल्लमा परेको छ ।

यता स्थानीयहरुले भने उक्त चर्च आफूहरुले रकम उठाएर बनाएको दाबी गरेका छन् । केही रकम सरकारले दिएको भन्ने सुनेको भए पनि कसले ? कहिले ? र के का लागि दियो ? भन्ने नै थाहा नपाएका उनीहरुले उक्त चर्चको भवन पनि सरकारी नै भएको बताएका छन् । यद्यपि उक्त भवन निर्माणका लागि आएको बजेटका विषयमा भने आफू भने अनविज्ञ रहेको स्थानीय अमृता घर्तीले बताएकी छिन् ।

त्यस्तै, अर्का स्थानीय जन्मजय भट्टराईले चर्च पनि धार्मिक पर्यटन नै भएकाले सूचना केन्द्र निर्माणको लागि भनेर आएको बजेटले चर्च निर्माण गरेका बताएका छन् । उनका अनुसार यसअघि पर्यटन मन्त्रालयले भवन, शौचालय निर्माण गरेर सूचना केन्द्र राख्ने भन्दै बजेट पठाएको थियो । तर, उक्त भवन बनाउने भनिएको ठाउँ केबलकारले लगेपछि स्थानीयको रहोबरमा उक्त बजेटले चर्च बनाउने निर्णय गरिएको भट्टराईले बताएका छन् ।

यता भवन निर्माणका लागि गठन गरिएको उपभोक्ता समितिका अध्यक्ष भीम बहादुर दर्लामीले भने उक्त भवन पर्यटन मन्त्रालयका इन्जिनियरकै सल्लाह र रहोबरमा बनाएको दाबी गरेका छन् । जग्गा अभाव हुँदा आएको बजेट पनि फ्रिज जाने डरले पर्यटन प्रवर्द्धन तथा सूचना केन्द्रको भवन निर्माणको बजेटले पूरानो चर्चको जिर्ण भवन मर्मत तथा निर्माण गरेको स्वीकारेका छन् । तर, यसरी विवादित बन्ने थाहा भएको भए पहिले नै चर्च निर्माण गर्नेतर्फ हात नहाल्ने उनको भनाई छ ।

यता लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष लब शाहीले भने प्रदेश सरकारको बजेटले चर्च नबनेको बरु क्रिष्चियन धर्मावलम्बीहरुले प्रयोग गरेको गुनासो भने आएको बताएका छन् । यतिसम्म कि उनले हाल आइरहेको गुनासोमाथि निरीक्षण गर्ने र सूचना केन्द्रको लागि निर्माण गरिएको भवन चर्चका रुपमा प्रयोग भएको पाइए तत्कालै त्यसलाई उद्धेश्य अनुरुप प्रयोगमा ल्याउने बताएका छन् ।

हुन त एउटा प्रयोजनका लागि विनियोजन भएको बजेट अर्कै प्रयोजनमा लगाउनु गलत मात्र होइन, सरकारप्रतिको धोका पनि हो । तर, आफूले दिएको बजेट कहाँ ? कसरी प्रयोग भइरहेको छ ? भनेर निरीक्षण नगर्नु प्रदेश सरकारको कमजोरी हो । चिसापानीको यो बजेटको दुरुपयोग एउटा उदाहरण मात्रै हो, यसरी प्रदेशभर कति ठाउँमा कति बजेट दुरुपयोग भइरहेको छ भन्ने सायद प्रदेश सरकारसँग पनि लेखाजोखा नहुन सक्छ । योजना र बजेटको सही कार्यान्वयनका लागि सम्बन्धित निकाय चनाखो बन्न जरुरी छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार