अनन्त अम्बानीको प्रि-वेडिङमा सकिरा र केटी पेरीले पनि प्रस्तुति दिने

काठमाडौं : भारतीय धनाढ्य मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको दोस्रो प्रि-वेडिङ समारोह यसपटक फ्रान्स र इटालीमा सुरु हुँदैछ ।

जुलाई १२ मा मुम्बईमा हुन लागेको अनन्त र राधिकाको विवाह समारोहलाई अझै भव्य र मनोरञ्जक तुल्याउन अम्बानी परिवारले कुनै कसर बाँकी छाडेका छैनन् ।

Dengue

सलमान, शाहरुख, रणवीर कपुर, आलिया भट्ट, रणवीर सिंहसहितका बलिउड स्टार इटालीतर्फ लागिसकेका छन् । अमेरिकी हिपहप स्टार पिटबुलले पनि उक्त विलासी क्रुज पार्टीमा प्रस्तुति दिने जनाइएको छ ।

अन्तर्राष्ट्रिय पपस्टार सकिरा र केटी पेरीले यो समारोहमा महंगो मूल्यमा प्रस्तुति दिने जनाइएको छ । अहिले यी दुवै स्टारको पारिश्रमिकको चर्चा छ ।

सकिराले अम्बानीको प्रि–वेडिङ समारोहका लागि १५ करोड भारु पारिश्रमिक लिने जनाइएको छ । केटी पेरीले ४५ करोड भारु लिने द सन युकेले उल्लेख गरेको छ । ब्याकस्ट्रिट ब्वाइजले ५ देखि ७ करोड भारु पारिश्रमिक लिने उल्लेख छ ।

पेरीले शुक्रबार दक्षिण फ्रान्समा हुने समारोहमा कपल्ससामु प्रस्तुति दिने तय छ । सोही अवसरमा सेलिब्रेटीले मास्क पार्टी समेत गर्ने जनाइएको छ । यो क्रुज पार्टी बार्सिलोना हुँदै कान्समा पुग्ने तय छ । ४० मिलियन पाउण्ड मूल्य पर्ने जहाजमा यो कार्यक्रम हुन लागेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार