एमालेको राष्ट्रिय महिला भेला आजदेखि, पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथि

काठमाडौं : नेकपा एमालेले काठमाडौंमा गर्ने ‘राष्ट्रिय महिला भेला’आजदेखि शुरु हुँदैछ। 

एमाले जनसंगठन समन्वय संयन्त्रको आयोजनामा दुई दिने राष्ट्रिय महिला भेला हुन लागेको हो। नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा हुने भेलाको पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो १२ बजे उद्घाटन गने कार्यक्रम रहेको पार्टीका स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले जानकारी दिए। 

Dengue

भेलामा पार्टीका २३ वटै जनसङ्गठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि गरी करिब पाँच हजार जनाको सहभागिता हुनेछ।

 एमालेले २०६३ साल जेठ १६ गते आमाका नामबाट नागरिकता, राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसदको सङ्कल्प प्रस्तावका रूपमा पास गरेको स्मरणमा भेलाको आयोजना गरिएको जनाइएको छ। 

भेलामा सहभागीहरुले १२ समूह विभाजन भइ छलफल गरी निष्कर्षसहित सरकारलाई सुझाव दिने एमालेका केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिइन्। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार