डडेल्धुराको परशुराम साहित्य महोत्सव सम्पन्न 

डडेल्धुरा : डडेल्धुराको परशुराम नगर पालिकामा रहेको परशुराम धाममा दुई दिने साहित्य महोत्सव सम्पन्न भएको छ । परशुराम नगर पालिकाको आयोजना रंगुन साहित्य प्रतिष्ठानको सहकार्यमा सञ्चालित महोत्सवमा सहभागीहरूको उल्लेख उपस्थिति रहेको थियो ।

No description available.

महोत्सवलाई विभिन्न सत्रमा विभाजन गरेर शिक्षा,स्वास्थ्य,उद्यम स्वरोजगार,साहित्य स्थानीय सरकार लगायतका विषयमा मन्थन गरिएको थियो ।

Dengue

समापन समारोहमा बोल्दै नगर प्रमुख जोशीले परशुराम धामलाई धार्मिक पर्यटन को रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय तहमा पहिचान गराउने राष्ट्रिय स्तरमा पहिचान बनाएका साहित्यकारहरूको स्थानीय साहित्यकार सँग साक्षात्कार गराउने र स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने लगायतका बहुउद्देश्यीय लिएर महोत्सव सञ्चालन गरीएको बताए ।

महोत्सवमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा हेमराज पन्त सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव शिक्षाविद् डा हरि लम्साल मदन पुरस्कार विजेता डा नवराज लम्साल रामलाल जोशी विवेक ओझा, कवि सोझो गाउँले बिप्लप प्रतीक स्वास्थ्य विद् डा अरुणा उप्रेती उद्यमीहरू श्रीकृष्ण अधिकारी सुनयना पाण्डे कल्पना बोयजु पुर्णागिरी मन्दिर व्यवस्थापन अध्यक्ष किसन तिवारी परशुराम धाम का जानकार तीर्थ अबस्थी ले आ आफ्नो धारणा राखेका थिए कार्यक्रमको सहजीकरण सञ्चारकर्मी टिकाराम यात्री राजेन्द्र बानियाँ दिर्घराज उपाध्याय ले गरेका थिए ।

 महोत्सवमा स्थानीय विद्यालयका विद्यार्थीले साहित्य र संस्कृति लगायतका अनेक कला प्रस्तुत गरेका थिए । समापन समारोहमा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्टले सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेकी थिइन । समापन मन्तव्यमा नगरप्रमुख जोशीले यो बर्सदेखि सुरुवात भएको महोत्सव आगामी बर्सहरूमा निरन्तरता दिइने बताए ।

No description available.
No description available.
No description available.
No description available.

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार