टी-२० विश्वकप : पाकिस्तान टोलीको घोषणा

भक्तराज जोशी

काठमाडौँ, जेठ १२ गते । अमेरिका र वेस्ट इन्डिजमा जुन १ देखि २९ तारिखसम्म हुने आइसिसी टी-२० विश्वकपका लागि पाकिस्तान टोलीको घोषणा भएको छ ।

पाकिस्तान क्रिकेट बोर्डले शुक्रबार राति बाबर आजमको कप्तानीमा १५ सदस्यीय खेलाडी टोलीको धोषणा गरेको हो । 

चोटका कारण करिब चार महिना मैदान बाहिर रहनुभएका हरिस रौफले स्थान बनाउनुभएको छ । अर्का चर्चित खेलाडी हसन अली भने टोलीमा अटाउनुभएको छैन । 

पाकिस्तान विश्कपको समूह ‘ए’ मा रहेको छ । यस समूहमा भारत, आयरल्यान्ड, क्यानडा र आयोजक अमेरिका रहेको छ । पाकिस्तानले जुन ६ तारिखअमेरिकासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । एजेन्सी 

पाकिस्तान विश्वकप टोली

बाबर आजम (कप्तान), अबरार अहमद,  मोहम्मद आमिर, आजम खान, फखर जमान, मोहम्मद रिजवान, हरिस रौफ, इफ्तिखार अहमद, इमाद वासिम, मोहम्मद अब्बास अफ्रिदी, नसीम शाह, सइम अयुब, शादब खान, साहिन शाह अफ्रिदी र उस्मान खान । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार