कैलाली यू-१६ अन्तर स्कुल क्रिकेट : ऐश्वर्या र मणिलेक सेमिफाइनलमा

बैतडी : धनगढीमा जारी कैलाली यू-१६ अन्तर विद्यालय क्रिकेट च्याम्पियनसिप २०८१ मा ऐश्वर्या विद्या निकेतन (एभीएन) र मणिलेक स्कुल सेमिफाइनल प्रवेश गरेका छन्।

आज सम्पन्न खेलमा चैतन्य पाठशालालाई ९ विकेटले पराजित गर्दै ऐश्वर्या सेमिफाइनलमा पुगेको हो।

Dengue

जितका लागि पाएको ३६ रनको लक्ष्य ऐश्वर्याले ३ ओभर ५ बलमा १ विकेटको क्षतिमा पूरा गर्‍यो। जसमा मनिष भट्टले अविजित २१ रन बनाए। 

चैतन्यका युद्धजंग ठकुल्लाले १ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको चैतन्य ११ ओभर ४ बलमा ३५ रनमा अलआउट भयो। उसका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। 

चैतन्यको पारी ध्वस्त पार्ने क्रममा म्यान अफ द म्याचसमेत भएका ऐश्वर्याका मनिष भट्ट एक्लैले ५ विकेट झारे। 

दोस्रो खेलमा वेस्टर्न क्रिस्टललाई ४ विकेटले हराउँदै मणिलेक स्कुल पनि अन्तिम ४ मा स्थान सुरक्षित गरेको छ।

वेस्टर्नले दिएको १२१ रनको लक्ष्य मणिलेकले १३ ओभर ४ बलमा ६ विकेटको क्षतिमा भेट्टायो। उसका लागि निश्चल क्षेत्रीले ४७ रन बनाए।

वेस्टर्नका सुरज कडायत र निरज शाहीले २/२ विकेट लिए। 

त्यसअघि पहिला ब्याटिङ गरेको वेस्टर्न १५ ओभरमा १२० रनमा समेटियो। उसका सिदान्सु रावलले २३ रन बनाए। मणिलेकका निश्चल क्षेत्रीले ४ विकेट हात पारे। उनी खेलका म्यान अफ द म्याच समेत चुनिए।

आजै भएको अर्को खेलमा मयुर स्कुललाई विद्याभूषणले ३६ रनले हरायो।

कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा वैशाख ३० गतेदेखि शुरू भएको प्रतियोगिता जेठ १२ गतेसम्म सञ्चालन हुनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार