रबिलाई रामकुमारीको काउन्टर : गगन थापा युवाहरूको राजनीतिक आइकन हो

धनगढी : नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा युवाहरुको राजनीतिक आइकन भएको टिप्पणी गरेकी छन्।

सोमबार सामाजिक सञ्जालमार्फत उनले गगनको बचाउ गर्दै रबि लामिछानेलाई काउन्टर हानेकी हुन्।

Dengue

आइतबार प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गगनमाथि विभिन्न आक्षेप लगाएका थिए।  तर त्यसलाई पुष्टि गर्न पनि रामकुमारीले चुनौती दिएकी छन्।

‘गगन थापामाथि लगाएको आरोपको प्रमाणको भार स्वयम् आरोप लगाउने (रवि लामिछाने)ले पूरा गर्नुपर्छ, हेक्का रहोस्,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

कांग्रेस महामन्त्री थापा आन्दोलनको नेता भएको भन्दै झाँक्रीले युवाहरूको राजनीतिक आइकनका रूपमा चित्रित गरेकी छन् ।

‘गगन थापा यो आन्दोलनको नेता हो। युवाहरूको राजनीतिक आइकन हो । आफ्नो सामर्थ्यले यो तहको नेता बनेको हो’, उनले भनेकी छन् ।

सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपाका सभापति लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। महामन्त्री थापा आफूविरुद्ध आक्रामक बनेपछि लामिछानेले आइतबार तल्लो स्तरमा उत्रिएर अभिव्यक्ति दिएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार