संसद् बैठक बस्दै, के गर्ला नेपाली कांग्रेस ?

काठमाडौं : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

संसद् सचिवालयले बैठकका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठक बोलाइए पनि संसद् चल्ने/नचल्ने निश्चित छैन ।

Dengue

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आएको छ । सहकारीको बचत अपचलन र ठगी प्रकरणमा गृहमन्त्री लामिछाने दोषी भएको कांग्रेसको आरोप छ । कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ । माग पूरा नभएसम्म सदन चल्न नदिने कांग्रेसको अडान छ ।

जसका कारण नीति तथा कार्यक्रम प्रस्तुत भए पनि सदनमा टेबुल हुन सकेको छैन । राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव समेत प्रस्तुत हुन सकेको छैन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार