मुख्यमन्त्री सोडारीलाई एमालेले विश्वासको मत दिने

काठमाडौँ : नेकपा एमालेले नेकपा एकीकृत समाजवादीबाट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ ।

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने तयारी भएको एमाले सुदूरपश्चिम प्रदेश सभाका सचेतक निर्मलादेवी साउँदले जानकारी दिइन् । उनका अनुसार पार्टी केन्द्रले निर्देशन दिँदै सोडारीलाई विश्वासको मत दिन निर्देशन दिइसकेको छ ।

Dengue

‘केन्द्रको निर्देशन विश्वासको मत दिने भनेर आएको छ । अव हामी दायाँबायाँ गर्दैनौँ’,साउँदले भनिन्, ‘उक्त दिन सबै सदस्यलाई प्रदेश सभा बैठकमा उपस्थित हुन समेत भनिएको छ ।’ यद्यपि उनले प्रदेश संसदीय दलको बैठक बसेर औपचारिक निर्णय भने गर्न बाँकी नै रहेको बताइन् ।

सोडारी वैशाख ६ गते एमाले र माओवादीसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले २१ र २२ वैशाखमा विश्वासको मत लिने तयारी गरेपनि एमालेले विश्वासको मत लिन अहिले नै नहतारिन आग्रह गरेपछि रोकिएको थियो ।

सोडारीले यही जेठ ३ गते प्रदेश सभाबाट विश्वासको मत लिन लागेका छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार