मुख, ओठ र जिब्रोमा खटिरा आयो भने चिन्ता नलिनुहोस् , यस्ता छन् घरेलु उपाय

काठमाडौं : के तपाईको मुखमा साना-साना बिबिरा, फोका-फोकी आएर निकै सताएको छ ? मुखभित्र, जिब्रो, गिजा, ओठ लगायत मुखको कुना-कानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ भएको छ ? यस्ता घाउ खटिराको समस्या बढेर जटिल समस्या पनि आउन सक्छ । घाऊ ठूलो र गहिरो भएमा खान बोल्नै नहुने किसिमको पनि हुन सक्छ । यसले गर्दा लगातार दुख्ने, पोल्ने, ज्वरो आउने, घाँटीको ग्रन्थि सुन्निने, दुख्ने समस्या पनि निम्तिन सक्छ। त्यसैले मुखको घाउ, खटिराबाट छुटकारा पाउन निम्न उपाय अपनाउनुहोस्ः

  • मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्न
  • पानी प्रशस्त पिउने तर बढी चिसो वा तातो नपिउने
  • हरियो सागपात तथा फलफूलहरु मजाले चपाएर खाने
  • मह घाउमा लपक्क लगाउने
  • बढी चिल्लो नखाने
  • हल्का उम्रेको गेडागुडी बिहान र बिहान खाने
  • पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने
  • बदाम भिजाएर खाने
  • निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्ने
  • जिरा वा खयर चपाउने यसरी पनि निको नभए डाक्टरलाई देखाउने।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार