महिनावारी हुनुपूर्व किन दुख्छ स्तन ?

काठमाडौं : साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छ। कसैमा आठ वर्ष देखि नै महिनावारीको लक्षण देखिने गर्दछ जुन साधरण मानिन्छ। महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ ।

महिनावारी भनेको शारीरिक परिवर्तन मध्येको एक परिवर्तन हो । यो हाम्रो शरीरमा भएका रागरसहरू को मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ । महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने सङ्केत हो। यदि महिला महिनावारी भइन् भने पाठेघरले बनाएको रगतको तह विस्तारै योनिमार्ग हुदै रगतका रूपमा शरीरबाट बाहिर निस्कन्छ जुन रगतको रङ्ग गाढा रातो हुन्छ र कहिले कही ढिका जस्तो भएर जमेको रगतका रूपमा पनि बाहिर निस्कन्छ।

Dengue

साथै महिनावारी हुँदा रक्तश्रावका साथै अन्य पीडा पनि सहनुपर्ने हुन्छ । केही महिलामा महिनावारीपूर्व स्तन दुखाईको समस्या हुने गर्दछ । धेरै महिलाले त्यतिबेला स्तनमा गाँठो जस्तो पनि महसुस गर्दछन् । हुन त स्तनमा कुनै पनि प्रकारको गाँठो देखिनु क्यान्सरको मुख्य लक्षण हो तर यस विषयमा यो क्यान्सरको लक्षण नभई कुनै अन्य कारणले हुने गर्दछ ।

यसकारण दुख्ने गर्छ स्तन

महिलाहरु महिनावारी हुनुपूर्व स्तन सुनिने र दुखाई हुने समस्यालाई मेडिकल भाषामा साइक्लिकल मेस्टाल्जिया भनिन्छ । यसमा महिनावारीपूर्व स्तनमा पीडा र गाँठोजस्तो महसुस हुन्छ र रक्तश्राव सुरु हुन थालेपछि यो समस्या आफैं समाधान पनि हुन्छ । धेरैजसो महिलाको महिनावारी साधारणतया २८ दिनको अन्तरालमा हुने गर्दछ र एक चक्रको अन्तरालमा नै शरिरमा थुप्रै प्रकारको हर्मोनल परिवर्तन हुने गर्दछ ।

महिनावारी हुने ठिक एक हप्ता पहिले शरिरमा प्रोजेस्टेरोनको स्तरमा वृद्धि हुने गर्दछ जसका कारण स्तन सुन्निने गर्दछ । त्यसरी नै मासिक धर्मको १४–२८ का बिच शरिरमा एस्ट्रोजनको स्तर वृद्धि हुने गर्दछ जसका कारण स्तनको आकार पनि बढ्न थाल्छ र पीडा महसुस हुन थाल्छ।

आराम पाउने तरिका

पीडाबाट आराम पाउनका लागि सबैभन्दा पहिले आफ्नो ब्रा परिवर्तन गर्नुहोस् । तपाईंले स्पोर्टस् ब्रा लगाउँदा राम्रो । यसले स्तनलाई पूर्ण सहारा प्रदान गर्दछ । यसका साथै, मदिरा, क्याफिनयुक्त खानेकुरा र नुनिलो खानेकुरा निकै कम खानुहोस् । किनभने यसले पीडालाई बढाउने गर्दछ । नुनका कारण शरिरमा फ्लूइड रिटेन्शन बढ्ने गर्दछ जसका कारण पीडा थप बढ्न सक्छ । यसबाट बच्नका लागि आफ्नो खानामा बदाम, पालुङ्गो, केरा, गाजर, ब्राउन राइसलाई अत्यधिक मात्रामा समावेश गर्नुहोस्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार