अनमोलले भने,‘अब कुन फिल्ममा खेल्छु,थाहा छैन’

काठमाडौं : अभिनेता अनमोल केसीले दुई वटा चलचित्रमा सम्झौता गरेका छन् । तर आफ्नो पछिल्लो चलचित्र फर्की फर्की रिलिज नभएसम्म बाँकी चलचित्र नगर्ने उनले बताएका छन् ।

अनमोलले आफ्नो सफल चलचित्र जेरीको दोश्रो सृँखलामा सम्झौता गरेका छन् । यो चलचित्रको छायाँकन जेठबाट गर्ने भनिएको थियो । तर आफ्नो चलचित्र फर्की फर्की रिलिज नभएसम्म अरु कुनै पनि चलचित्र नगर्ने यी अभिनेताले बताएका छन् । यस्तै उनले घरेलु व्यानरको नयाँ चलचित्रमा काम गर्ने पनि बताएका थिए । तर त्यो चलचित्रमा पनि तत्काल काम नगर्ने उनको कथन छ ।

Dengue

अनमोलको भनाईमा अरु नायकहरुको जस्तो फिल्म उनीसँग छैन । उनी अरु जस्तो थुप्रै फिल्म हस्ताक्षर गर्न पनि चाहँदैनन् । अब सोच बिचार गरेर मात्र चलचित्रमा काम गर्ने यी अभिनेताले बताएका छन् । अघिल्लो चलचित्र छड्को २ व्यबसायिक रुपमा पूर्ण असफल भएपछि यी अभिनेताले अब जुन पायो त्यही चलचित्रमा काम नगर्ने बताएका छन् ।

चलचित्र फर्की फर्कीको ट्रेलर रिलिज समारोहमा यी अभिनेताले भने,‘अरु जस्तो मैले थुप्रै फिल्ममा सम्झौता गरेको छैन र तत्काल गर्दिन पनि । अब चलचित्र फर्की फर्की पछि म कुन फिल्म खेल्छु भन्नेकुरा मलाई नै थाहा छैन ।’

अभिनेता अनमोलले यस अघि थुप्रै चलचित्रमा हस्ताक्षर गरेर छायाँकन सुरु हुन बेलामा ती चलचित्रको पैसा फिर्ता गरेका छन् । गत वर्ष सुदर्शन थापाको चलचित्र ‘रावायण’ पनि उनले पारिश्रमिक फिर्ता गरेर यो चलचित्रमा काम गरेनन् । यो चलचित्रमा उनले स्कृप्टलाई दोष देखाउँदै काम गर्न मानेनन् ।

चलचित्र रावायणबाट प्रहरी प्रकरण समेत भोगेका अनमोलले अब एउटा चलचित्रको काम सकेपछि बल्ल अर्को चलचित्रको काम गर्ने बताएका छन् । उनी अहिले चलचित्र फर्की फर्कीमै व्यस्त रहेकाले यस अघि सम्झौता भएका चलचित्रलाई अहिले समय दिनसक्ने अबस्था नरहेको पनि यी अभिनेताको कथन छ । अब कुन फिल्म खेल्ने भन्नेकुरा आगामी १० जेठपछि मात्र तय गर्ने पनि अनमोलले बताएका छन् ।

१० वर्ष अघि अनमोलले चलचित्र होस्टेलबाट अभिनय यात्रा सुरु गरेका थिए । उनको पहिलो चलचित्र नै बक्स अफिसमा सर्वाधिक सफल भयो । त्यसपछि जेरी र गाजलु जस्ता सफल चलचित्र दिएका अनमोलले धेरै चलचित्र हस्ताक्षर गर्नु भन्दा वर्षमा एउटा चलचित्रमा काम गरेर त्यसलाई सफल तुल्याउने बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार