सुदूरपश्चिमका मुख्यमन्त्रीले थपे नागरिक उन्मुक्ति पार्टीका ३ मन्त्री

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री शाहले शुक्रवार नागरिक उन्मुक्ति पार्टीका तीन जनालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

Dengue
null

नागरिक उन्मुक्तिका संसदीय दलका नेता घनश्याम चौधरीले आर्थिक मामिला, खुसीराम चौधरीले सामाजिक विकास मन्त्रालय र इन्दिरा गिरीले कृषि राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

null

साथै शुक्रवार नै शपथ ग्रहणको कार्यक्रम राख्ने तयारी पनि भइरहेको मुख्यमन्त्रीनिकट स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाह नेकपा (माओवादी केन्द्र)ले साथ छोडेसँगै अल्पमतमा परेका छन् । यसर्थ उनले मन्त्रिपरिषद्मा स्वतन्त्र सासद डा तारा जोशी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का खेमादेवी विष्टलाई पनि समावेश गर्ने गरी सहमति जुटेको बताइएको छ ।

null

यी सांसदले साथ दिएमा मुख्यमन्त्री शाह सुरक्षित हुनेछन् । यसर्थ उनी मन्त्रालय फुटाए भएपनि उनीहरूलाई समेट्ने पक्षमा लागेको स्रोतको दाबी छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार