नेकपा एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं : नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। 

सत्ता समिकरण फेरिएपछिको राजनीतिक समीक्षा गर्न एमालेले सचिवालय बैठक बोलाएको हो। बैठक बिहान ९ बजे  पार्टी कार्यालय च्यासलमा बस्न लागेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

Seti Hospital

सरकारमा सहभागी भएपछिको अवस्थामा छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन्। 

बैठकमा पार्टीले गरेको पछिल्लो निर्णयको समीक्षा तथा आगामी कार्य योजना लगायतमा छलफल हुने बताइएको छ। पछिल्लो गठबन्धन, सरकारमा सहभागितासहितका विभिन्न जिम्मेवारी तथा यसअघि केन्द्रीय कमिटी बैठकमा उठेका विषय नै छलफलका मुख्य एजेण्डा रहेको उपमहासचिव ज्ञवालीले बताए। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार