कांग्रेस संसदीय दलको बैठक आज

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्दैछ। बैठक बिहान ९ बजे नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने तय भएको छ। 

एकाएक प्रतिपक्षमा आइपुगेपछि संसदमा सशक्तरूपमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो। बैठकमा प्रदेश सरकारमा आइरहेको परिवर्तन र आगामी रणनीतिका बारेमा पनि छलफल हुनेछ।

Seti Hospital

संघीय संसद्को दुवै सदनको बैठक आजका लागि बोलाइएको छ। संसद्को अघिल्लो बैठकसम्म कांग्रेस सत्तासाझेदार दल थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साझेदार परिवर्तन गरेसँगै कांग्रेस प्रतिपक्षमा आइपुगेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार