शिवरात्रिको लागी सजियो पशुपतिनाथ मन्दिरमा

काठमाडौं : शिवरात्रि नजिकिएसँगै पशुपतिनाथ मन्दिर क्षेत्र सौन्दर्यीकरणले तीव्रता पाएको छ । शिवरात्रि (२५ फागुन ) लाई लक्षित गरी मन्दिर क्षेत्र सजावट, प्रवेशद्वार र अस्थायी आकासेपुल निर्माण, रंगरोगन, सडक व्यवस्थापन, लाइन व्यवस्थापनका लागि डोरी टाँग्ने, शिवपार्वतीको प्रतिमूर्ति निर्माण, साधुसन्तका लागि बसोवास निर्माणलगायतका काम धमाधम भइरहेको छ । शिवरात्रिलाई व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोषले मूल समारोह आयोजक समिति गठन गरेको छ । 

कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार चारवटा प्वाइन्टबाट भक्तजन लाइन लाग्न सक्नेछन् भने बिहान २ बजेदेखि नै मुख्य मन्दिरको ढोका खुल्नेछ । यस दिन अत्यधिक भिड हुने भएकाले मन्दिरभित्र धेरै समय लगाएर दर्शन गर्न दिइनेछैन । एक मिनेटमा कम्तीमा एक सयजनाले दर्शन गर्ने व्यवस्था मिलाइनेछ । यसका लागि एकपटकमा नौ जनाले मन्दिरको दर्शन गर्न सक्नेछन् । ‘गत वर्षभन्दा यसपटक थप व्यवस्थित बनाउँदै छौँ,’ प्रवक्ता अधिकारीले भने, ‘भक्तजनले मन्दिर प्रवेश गरेर धेरै समय लगाउन पाउनुहुन्न, दर्शन गरेर छिटो फर्किनुपर्नेछ ।’ 

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार