समीक्षाकाे पूजा शर्मामाथि कटाक्ष :’बहुरुपी औरत’

धनगढी : गायिका समीक्षा अधिकारीले नेपाली फिल्म क्षेत्रकी एक निर्मात्री तथा अभिनेत्रीमाथि गम्भीर आराेप लगाएकी छिन् । 

सामाजिक सञ्जालमा फेसबुकमा एक स्टाटस लेख्दै उनले ती निर्मात्री/अभिनेत्रीलाई ‘बहुरुपी औरत’को संज्ञा दिएकी छिन्।  

Galaxy

उनले ती फिल्म निर्मात्री या नायिका को हुन् भन्नेबारेमा केही नखुलाए पनि उनकाे कटाक्ष पूजा शर्मामाथि हाे भनेर अनुमान गर्न सकिन्छ । 

उनले लखेकी छिन्, ‘अस्ति सिनेमा चलाउन रोएको नाटक गरेउ। हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ परेउ। आज फेरि आफ्नो फाइदाका लागि उतैतिर चाकडी गर्दै रहेछौ। बहुरुपी औरत ।’

अभिनेता पल शाहमाथि समीक्षाले बलात्कारकाे मुद्दा दायर गरेपछि उनी पक्राउ परेका थिए । त्यसबेला पूजाले निर्माण गरेकाे र पलकाे अभिनय रहेकाे फिल्म ‘म यस्ताे गीत गाउँछु २’ हलमा लागेकाे थियाे । 

त्यसबेला फिल्मकाे प्रिमियरमा पल नभएपछि पूजा राेएकी थिइन् । तर, जेलबाट निस्किएपछि भने उनीहरूकाे सम्बन्धमा खटपट आएकाे थियाे । आफूलाई पलले 
महत्व नदिएकाे पूजाकाे गुनासाे थियाे । 

अहिले पल र पूजाकाे सम्बन्ध केही सुधार भएकाे थाहा पाएपछि समीक्षाले उनीमाथि कटाक्ष गरेकी हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार