नागरिक उन्मुक्तिले सरकारलाई समर्थन नगर्ने

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीले नेकपा माओवादी केन्द्र नेतृत्वको वर्तमान सरकारलाई तत्काल समर्थन नगर्ने भएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टीका अध्यक्ष रेशमलाल चौधरीले अहिले सरकारमा सहभागी नहुने र प्रतिपक्षीमा रहने निर्णय गरेएको जानकारी दिए ।

Dengue

केन्द्रीय समितिको बैठकले नै अहिले सरकारमा सहभागी नहुने निर्णय गरेको उनको भनाइ थियो ।वर्तमान गठबन्धन र नयाँ सरकारको गतिविधिलाई नियालेरमात्रै आवश्यक निर्णय लिने अध्यक्ष चौधरीले बताए ।

यद्यपि सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दाबी भने कायमै रहेको उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार