पाकिस्तानमा भएको हिमपात र भारी वर्षाले ३५ जनाको मृत्यु

इस्लामबाद – पाकिस्तानका दुर्गम क्षेत्रहरूमा गएको सप्ताहन्तमा जमेको चिसो वर्षा र अप्रत्याशित हिमपातका कारण कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।

सो हिमपातमा परी दर्जनौं बढी घाइते भएको र उनीहरूको स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।मृत्यु हुनेहरूमध्ये २२ जना बालबालिका रहेको र ती मध्ये धेरैजसो हिम पहिरोमा परेर घरमा पुरिएका विपद् व्यवस्थापन अधिकारीहरूले भनेका छन ।

Dengue

चरम मौसमले पाकिस्तानको उत्तरी र पश्चिमी क्षेत्रहरूलाई असर गरेको तथा सडक अवरुद्ध र सयौं घरहरूलाई क्षति पुरयाएको पाकिस्तानी सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।

हिम विज्ञहरू यस्तो हिउँ देखेर छक्क परेका थिए किनभने मार्चमा पाकिस्तान सामान्यतया हिउँ पर्दैन, यसले स्थानीयलाई आश्चर्यमासमेत पारेको स्थानिय सञ्चारमाध्यमले जनाएका छन ।

जसअनुसार उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको किर्क जिल्लाका बासिन्दा हाजित शाहले आफ्नो छिमेकमा पहिले एक पटक मात्रै हिउँ परेको बताएका छन् । उनले बीबीसीलाई भने, ‘जहाँसम्म मलाई याद छ, २५–३० वर्षअघि केही मिनेटको लागि यहाँ हल्का हिमपात भएको थियो।’

भारी हिमपात र वर्षाले कम्तिमा १५० घरहरू पूर्ण रूपमा ध्वस्त भएको छ भने ५०० अन्य घरलाई आंशिक रूपमा क्षति भएको छ, मुख्यतयाः खैबर पख्तुनख्वा र दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तमा । केही जिल्लामा केही दिनदेखि विद्युत् अवरुद्ध हुन पुगेकाे छ ।

खैबर पख्तुनख्वाको प्रान्तीय सरकारले प्रभावित क्षेत्रहरूमा राहत सामग्री उपलब्ध गराएको छ र घाइते र मृत्यु भएकाहरूको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार