हराएका नागरिकता र सवारी चालक अनुमति पत्र कञ्चनपुर प्रहरीमा

धनगढीः हराएका २९ नेपाली नागरिकताका प्रमाणपत्र र सवारी चालक अनुमति पत्र कञ्चनपुर प्रहरीमा पुगेका छन्।

विभिन्न मितिमा हराएका नागरिकताका प्रमाणपत्र र सवारी चालक अनुमतिपत्र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको छ। भीदत्त नगरपालिका–१२ का मदन तिरुवा, भीमदत्त नगरपालिका–१८ का पावती चौधरी, कृष्णपुर नगरपालिका–१ का रमेश पार्की, कृपा पार्की, भीमदत्त नगरपालिका–५ का सन्तोष पहरी, महाकाली नगरपालिका–२ का भीमराज भट्ट, भीमदत्त नगरपालिका–१८ का नन्दलाल राना र भीमदत्त नगरपालिका–१७ कि पार्वतीदेबी ठगुन्नाको हराएको नागरिकता प्रहरीमा राखिएको छ।

Dengue

त्यस्तै झलारीकि राजुदेवी राना, भीमदत्त नगरपालिका–१९ कि नरपता बोहरा, बाके जिल्लास्थित समशेरजंग–६ कि विष्णुकुमारी सुनार, अछाम मेल्लेख–१ का पारस धामी, महाकाली नगरपालिका–३ कि भारभतीदेवी भण्डारी, दैलेख दुल्लु–८ का दिनेश केशी तथा भीमदत्त नगरपालिका–५ का रोशन कुमार भट्टको नागरिकताको प्रमाणपत्र हराएकोमा प्रहरीले सुरक्षितसाथ राखेको छ।

विभिन्न मितिमा हराएका नागरिकताका प्रमाणपत्र प्रहरीले प्राप्त गरेर सुरक्षित रुपमा राखेको छ। बैतडीको दशरथचन्द नगरपालिका–४ का हरिराम लुहार, बाके होलिया–७ का रामफेरन नाउ, कञ्चनपुरको शूक्लाफाँटा नगरपालिका–१२ का रमेश साउँद, बैतडीको शर्मालीकि अनिता साउँद, डिलाशैनी–६ का मदनसिंह धामी, महाकाली–१ का अक्कलबहादुर चन्द, कैलालीको मालाखेती–२ का पुष्पराज कामी, अर्घाखाची ठूलापोखरा–५ का अनित पाण्डेको नागरिकता फेला परेको छ।

त्यस्तै कैलालीको वलिया–४ का गणेश राना, धनगढी उपमहानगरपालिका–१२ का छोटेलाल डगौरा, डडेल्धुरा मणिलेख–८ का सिरिसकुमार भुल, दोधरा–चाँदनी–६ कि रतना भण्डारी, झलारी–७ कि रुची चौधरी र शुक्लाफाँटा–१२ का सुरेश बोहरा गरी २९ जनाको नागरिकताको प्रमाणपत्र तथा सवारी चालक अनुमतिपत्र फेला परेकाले सम्वन्धितले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आएर लिन सक्ने प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार