नेदरल्यान्ड्सले नेपाललाई दियो १८५ रनको लक्ष्य

धनगढी : नेदरल्यान्ड्सले ट्वान्टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा नेपाललाई १ सय ८५ रनको लक्ष्य दिएको छ । नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ४ विकेट गुमाई १ सय ८४ रन बनाएको हो ।

म्याक्स ओ डडलाई तेस्रो ओभरमा करण केसीले ४ रनमै आउट गरे पनि अर्का ओपनर माइकल लेभिटले ५४ रन बनाए । ट्वान्टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरिरहेका लेभिटले ३६ बल खेली ५ चौका र ३ छक्का प्रहार गरे । कुशल मल्लको वाइड बलमा लेभिटलाई आसिफ शेखबाट स्टम्प आउट गराए ।

Dengue

कप्तान स्कट इडवार्डस ३३ रनमा रनआउट भए । उनले १६ बल खेली ५ चौका प्रहार गरे । साइब्रान्ड इंगेलब्रेक्ट र तेजा निडामानुरुले चौथो विकेटमा ६१ रनको साझेदारी गरे । इंगेलब्रेक्टले अविजित ४९ रन बनाए । उनले ३८ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । इनिङ्सको अन्तिम बलमा रनआउट भएका निडामानुरुले २४ बल खेली ३ चौकासहित ३१ रन बनाए ।

नेपालबाट दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १ मेडन राख्दै २० रनमात्र खर्चे । नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार