साम्बाले जोर्डनविरुद्धको फाइनल खेल गुमाउने

धनगढी : राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सवित्रा भण्डारी ‘साम्बा’ले वाफ महिला च्याम्पिनयनसिपको फाइनल खेल गुमाउने भएकी छिन्।

बुधबार अखिल नेपाल फुटबल संघ एन्फाले साम्बाले फाइनल नखेल्ने जानकारी गराएको हो ।

Galaxy

साम्बा फ्रान्सेली फुटबल क्लब एन एभान्त गुइंगाम्पमा आबद्ध छिन्। सम्झौताअनुरुप सावित्राले आफ्नो राष्ट्रलाई फिफा विन्डो फेब्रुअरी १९–२८ मा पर्ने प्रतियोगिताहरुमा प्रतिनिधित्व गर्नु पाउने प्रावधान रहेको छ ।

यद्यपि, २९ फेब्रुअरीमा पर्ने जोर्डनविरुद्धको फाइनल भने विन्डो बाहिर रहेका कारण सावित्राले फाइनल गुमाउने एन्फाले जनाएको छ।

सावित्राको अनुपस्थितिका कारण खेल प्रेमीहरुमाझ पुग्न गएकोप्रति दु:ख प्रकट गर्दै एन्फाले फाइनलको लागि राष्ट्रिय टोली तयार भएको जानकारी गराएको छ । सावित्राको अनुपस्थितिलाई पूर्ति गर्न अन्य खेलाडीहरु तयार रहेको पनि एन्फाले जनाएको छ।

साथै, सावित्राले आफ्नो क्लबप्रति देखाएको प्रतिबद्धतालाई पनि सम्मान गर्ने एन्फाले जनाएको छ।

सेमिफाइनलमा लेबनानलाई पराजित गर्दै नेपाललाई फाइनलमा पुर्याउन साम्बाले अतुलनीय योगदान पुर्याएकी थिइन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार