नेदरल्यान्ड्सविरुद्ध नेपालले टस जितेर फिल्डिङ गर्दै,प्लेइङ-११ मा दुई परिवर्तन

काठमाडौं : त्रिकोणात्मक टि-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिलो फिल्डिङ रोजेका हुन्।

नेपालले आज टोलीमा आज दुई खेलाडी परिवर्तन भएको छ। विवेक यादव र अभिनाश बोहोराको स्थानमा ललितनारायण राजवंशी र प्रतिश जिसीलाई आज खेलाइएको छ।

SHIKHAR COOL TECH

आइसीसी क्रिकेट विश्वकप लिग-२ को एकदिवसीय पहिलो सिरिज सकिएलगत्तै नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टि-२० सिरिजमा प्रतिस्पर्धा गरेका हुन्। यस शृङ्खलादेखि नेपालले आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपको औपचारिक तयारी सुरुवात गर्नेछ। नेपाल रहेको समूह डी को विश्वकपमा नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन्। मंगलबार नामिबियासँग २० रनले नेपाल पराजित भएको थियो। आइसीसी क्रिकेट विश्वकप लिग-२ को एकदिवसीय पहिलो सिरिजमा नेदरल्यान्ड्स र नेपालले १/१ खेल जितेका थिए। 
 

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान) , कुशल मल्ल, सन्दीप जोरा, सोमपाल कामी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, ललित नारायण राजवंशी, करण केसी र प्रतिश जिसी

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार