त्रिकोणात्मक टी-२० सिरिज : आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं- त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत बुधबार नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल बिहान साढे ११ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ।

मंगलबार भएको खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो। २०७ रनको विशाल लक्ष्य पाएको नेपालले १९ ओभर खेल्दै १८६ रन बनाएको थियो। हिजो खेलमा नामिबियाका लोफ्टी एटनले कीर्तिमानी शतक बनाएका थिए। उनले ३३ बलमा सय रन पूरा गर्दै टी-२० मा छिटो सतक बनाउने नेपालका कुशल मल्लको रेकर्ड तोडेका थिए। 

Seti Hospital

फाइनल पुग्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ। तर नेदरल्यान्ड्स निकै बलियो टोली भएकोले नेपालले सम्हालिएर खेल्नुपर्नेछ।

नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म टी-२० आई खेलमा ९ खेल भएका छन्। समान ४ खेलमा जित र हार नेपालले व्यहोरेको छ। एक खेल वर्षाको कारण रद्द भएको थियो।

पछिल्लो पटक नेदरल्यान्ड्स र नेपालबीच टीयुमा त्रिकोणात्मक सिरिजमा २०२१ मा तीन खेल भएका थिए। नेपाल फाइनलसहित दुई खेलमा विजयी भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार