संसद भवनमा आन्दाेलनकारी छिरेपछि सिंहदरबारमा खैलाबैला, सुरक्षा प्रमुखसँग गृहमन्त्रीकाे साेधपुछ

धनगढी : साेमबार दिउँसाे नयाँबानेश्वरस्थित संसद भवनमा लघुवित्तपीडितहरू छिरेर प्रदर्शन गरेकाे घटनाले सिंहदरबारमा हलचल ल्याएकाे छ । घटनाबारे उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सबै सुरक्षा निकायका प्रमुख र गृहमन्त्रालयका उच्च अधिकारीहरूसँग सोधपुछ गरेका छन् ।

उनले काठमाडौंका सबै सुरक्षा प्रमुखसहितलाई मन्त्रालयमा बोलाएर घटनाबारे जानकारी लिएका हुन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षक, काठमाडौं जिल्ला प्रहरी प्रमुख, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुखलगायतका अधिकारीहरूलाई गृहमन्त्री श्रेष्ठले आकस्मिक रूपमा मन्त्रालयमा डाकेका हुन् । 

Dengue

उनीहरूलाई मन्त्री श्रेष्ठले गम्भीर कमजोरी कसरी भयाे भनेर प्रश्न गरेका छन् । प्रकरणकाे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले तीन सदस्यीय छानबिन समिति बनाइसकेको छ । 

देशभरका लघुवित्तपीडितहरू केही दिनदेखि काठमाडाैंमा प्रदर्शन गरिरहेका छन्  । उनीहरूले साेमबार दिउँसाे संसद भवन परिसरमा नाराबाजी गरेका थिए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार