जब सरकारी बैंक बाटै १ करोड ३७ लाख चोरीए पछी….

काठमाडौं : लामो समयदेखि कोरिया बस्दै आएका एक नेपाली युवकको राष्ट्रिय वाणिज्य बैंकको खाताबाट एक करोड ३७ लाख रुपैयाँ चोरी भएको छ । बैंककै कर्मचारीले ग्राहकको खाताबाट पैसा निकालेका हुन् ।

पैसा चोरी गर्ने वाणिज्य बैंकको वीरगञ्ज, पोखरिया शाखामा कार्यरत कर्मचारी रोहित कुमार ओझालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । ३१ वर्षिय ओझा बैंकका कनिष्ट सहायक हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले उनलाई पक्राउ गरी घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ । पक्राउ परेका कर्मचारी ओझाले आफैंले त्यसरी खाताबाट पैसा चोरी गरेको स्वीकार गरेका छन् । उनलाई नेपाल राष्ट्र बैंक अनुसार बैंकिङ कसुर मुद्दामा कारबाही अघि बढाइएको सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए ।

Dengue

एक ग्राहकको नगद मौज्जाद हेर्ने क्रममा ओझाले गल्तीबश कोरियामा रहेका ती युवकको खाता नम्बर इन्ट्री गरेका थिए । जसक्रममा खातामा दुई करोड रुपैयाँ भन्दा धेरै रकम देखे । लामो समयदेखि खातामा कारोबार समेत नभएको देखेपछि उनले पैसा निकाल्ने योजना बनाए ।

त्यसका लागि कनेक्ट आइपिएसको दुरुपयोग गरेका हुन् । खातावालाको नागरिकताको फोटोकपी लगायत बैंकबाटै निकालेर कनेक्ट आइपिएस अकाउन्ट बनाउने योजना बनाए । खातावालाको हस्ताक्षर केवाईसीबाट कपि गरेर कनेक्ट आइपिएसका लागि निवेदन दिएका थिए । सोही आधारमा नयाँ मोबाइल नम्बरबाट कनेक्ट आइपिएस चलाएर बैंक खाताबाट विभिन्न खातामा रकम ट्रान्सभर गरेका हुन् ।

कोरियामा रहेका खाताधनीले धेरै पटक पैसा निकालिसकेपछि मात्र थाहा पाएपछि उनका आफन्तले बैंकमा जानकारी गराएका थिए । बैंकको काठमाडौंको बानेश्वर शाखामा उनको खाता थियो । प्रारम्भिक छानबिन गर्दा बैंककै कर्मचारीको संलग्नता पुष्टि भएको हो । उनलाई अरुले पनि सघाएको प्रहरी आशंका छ । यसरी चोरी गरेको भन्दै धेरै रकम रोक्का राखिएको सिआइबीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार