अज्ञात गाडीले ठोकेर भागेपछी भारतको बीच जंगल अस्ताए नेपालका चौधरी

धनगढीः भारतको दुधुवा नेसनल पार्कमा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका एकजनाको मृत्यु भएको छ।

धनगढीबाट पलिया जाने क्रममा दुधवा नेशनल पार्कमा मोटरसाईकल दुर्घटनामा परेर घाइते भएका धनगढी उपमहानगरपालिका–१९ का ३३ वर्षीय रामकुमार चौधरीको मृत्यु भएको हो। दुर्घटनामा धनगढी उपमहानगरपालिका– १९ कै २२ वर्षीय अनिलकुमार चौधरी घाइते भएका छन्। चौधरीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

Dengue

उनको पलियामा उपचार भइरहेको छ। शनिवार धनगढीबाट पलिया जाँदै गरेको से ३ प २८१९ नम्बरको मोटरसाइकलाई गौरीफन्टा कोतवाली भन्दा झण्डै १५ किलोमिटर बीच जंगलमा अज्ञात गाडीले ठक्कर दिंदा दुर्घटना भएको थियो। भारतीय प्रहरीले दुर्घटनाको समय हेरेर ठक्कर दिने गाडी खोजी गरिरहेको नेपाल प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार