तिन महिना अघि रुसी सेनामा भर्ना भएका रोल्पाका एक युवक मारिए

रोल्पा — रुसी सेनामा भर्ना भएका रोल्पाका एक युवकको युत्रेनी सेनाको आक्रमणमा परी मृत्य भएको छ । रुसी  सेनाको क्याम्पमै रहेका बेला युक्रेनी सेनाले ड्रोनबाट गरेको आक्रमणमा परेर रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रानागाउँका ४४ वर्षीय युवा घनसिंह पुनको मृत्यु भएको परिवारले जनाएको छ । 

तीन महिनाअघि भारत हुँदै रुसी सेनामा भर्ना हुन पुगेका उनको मृत्यु भएको उनीसँगै रहेका रोल्पाका एक र दाङ निवासी अर्का साथीले घरसम्म खबर पुर्‍याएपछि घनसिंहको मृत्यु भएको पुष्टि भएको हो । उनीसँग नेपालका करिब एक दर्जन युवाले सैन्य तालिम लिने तयारीमा थिए । उनका साथीहरू रोल्पा लिबाङका एक जना र आफन्तसमेत पर्ने दाङको घोराहीमा बस्ने अर्का युवाले आफूहरू मुस्किलले बाँच्न सफल भएको तर घनसिंहको आक्रमणमा परेर मृत्यु भएको खबर सुनाएका हुन् ।

Dengue

मृत्यु हुनुअघि उनले एक महिनाको तलब पाएको तर घरमा पठाउन नसकेको बताएका थिए । त्यस अवधिमा उनले अब कमाउन आएकाले चिन्ता नगर्न समेत बताएका थिए । घनसिंहका दाइ नाता पर्ने डम्बर पुनले गत मंसिरमा भारत हुँदै दुबईको बाटोबाट रुस पुगेको बताए । ‘बाहिर गएर कमाइ गर्ने योजनामा भएको जानकारी थियो, तर एकैपटक रुस पुगेर मृत्यु भएको खबर सुन्दा हामी दुःखी भएका छौं,’ उनले भने । आर्थिक समस्यामा परेकाले कमाइ गर्न बाहिर देश जान खोजेको तर त्यहाँ पुग्न पनि पैसा नभएको उनले बताउने गरेको डम्बरको भनाइ छ ।

घनसिंहले रुस जानकै लागि ११ लाख रुपैयाँ ऋणसमेत लिएका थिए । परिवारले मृतक पुनको शव नेपाल ल्याउन र क्षतिपूर्तिको व्यवस्था गरिदिन नेपाल सरकारसँग आग्रह गरेको छ ।

रुस पुग्नुअघि उनी दुई वर्ष कतार बसेका थिए । चाहेजस्तो कमाइ नभएपछि फर्केर दाङमा मोबाइल पसल चलाएका थिए । त्यसअघि उनले रोल्पाको लिबाङमा समेत मोबाइल पसल सञ्चालन गरेका थिए । सानैमा बुबा आमा गुमाएका उनका कान्छा भाइ कमल वैदेशिक रोजगारीमा खाडीमा छन् भने दुई छोरी र एउटा छोरा पढाउन श्रीमती दाङमा छिन् । घटनापछि घर र गाउँ नै शोकमग्न भएको त्रिवेणी गाउँपालिका–७ का वडाध्यक्ष भानबहादुर घर्तीमगरले बताए । उनले गैरकानुनी तरिकाले रशिया पुगेका वडाका दुई युवा भने फिर्ता आइसकेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार