तरुण दलका नेता माथि गोली प्रहार 

सुरज चन्द

 सुर्खेत : सुर्खेतमा तरुण दलका नेतामाथि गोली प्रहार भएको छ । उद्योग वाणिज्य सुर्खेतमा काँग्रेसकै दुई पक्षबिच विवादका कारण गोली प्रहार गरिएको बताइएको छ ।

सुर्खेतमा १४ गतेबाट महोत्सव लाग्ने भनिएको थियो। तर विद्यालय नजिकै भएकाले महोत्सव नलगाउन अदालतले आदेश दिएको थियो।

SHIKHAR COOL TECH

गोली प्रहार गराउने उद्योग वाणिज्य संघको महोत्सव लगाउन चाहनेले टोलीका रहेका छन् भने नचाहने पक्षका तरुण दलका नेता समेत रहेका अर्कालाई गोली हानिएको हो । उनीहरू बिच ठेक्काको विवाद थियो।

तरुण दलका बिनोद गिरीलाई गोली प्रहार गर्न खोजेको तर नलागेको प्रहरी जानकारी दिएको छ ।

अहिले घटनाको अनुसन्धान भैरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख डीआइजी लालमणी आचार्यले जानकारी दिए।

यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी रुपेश खड्काले पनि घटनाबारे बुझिरहेको र थप विवरण खुल्न बाकी रहेको बताए।

यता, उद्योग वाणिज्य संघ सुर्खेतको अध्यक्ष लक्ष्मण कडेलले भने गोली प्रहारबारे गलत प्रचार गरिएको दाबी गरेका छन्। घटनामा आफूहरुको संलग्नता नरहेको बताउँदै निष्पक्ष छानबिनको मागसमेत गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार