गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २९ हजार ६०६ पुग्यो

गाजा : गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २९ हजार ६०६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।

पछिल्लो २४ घण्टामा इजरायली सेनाको आक्रमणबाट ९२ प्यालेस्टाइनीको मृत्यु भएको छ । १२३ जना घाइते भएका छन् ।

Dengue

पछिल्लो गाजा युद्ध सुरु भएदेखि हालसम्म मृत्यु हुनेको संख्या २९ हजार ६०६ पुगेको छ भने ६९ हजार ७३७ जना घाइते भएका छन् ।

गाजामा हमासद्वारा सञ्चालित मिडिया कार्यालयले जनाएअनुसार अक्टोबर ७ यता इजरायली सेनाको आक्रमणबाट १३२ प्यालेस्टाइनी पत्रकार मारिएका छन् ।

इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सिमानामा भएको हमासको हमलाको बदलास्वरूप प्यालेस्टाइनीविरुद्ध कडा आक्रमण जारी राखेको छ । रासस/सिन्ह्वा

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार