बाघको आक्रमणबाट अछामकी धना गम्भिर घाइते

अछामः अछाममा बाघको आक्रमणमा परेर एक महिला गम्भिर घाइते भएकी छन्।

जिल्लाको ढकारी गाउँपालिका–८ कि करिब २४ वर्षीया धना तिमिल्सेना बाघको आक्रमणबाट गम्भिर घाइते भएकी हुन्। बिहीवार घरबाट २ किलोमिटरको दुरीमा बाख्रा चराइरहेकी उनलाई बाघले आक्रमण गरेको थियो।

SHIKHAR COOL TECH

घाइते धनालाई सुर्खेत प्रादेशिक अस्पताल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र साउदले बताए। उनका अनुसार बाघको आक्रमणबाट ती महिलाको अनुहार र हातमा चोट लागेको छ। अहिले अवस्था सामान्य रहेको उनले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार