मृत्युको मुखबाट फर्के अक्षय

कैलाली : बलिउड अभिनेता अक्षय कुमार ‘रियल एक्सन’बाट परिचित छन् । फिल्ममा एक्सन गर्दा उनी घाइते भएको खबर बाक्लै रुपमा सुनिन्छ । 

फिल्म सुटिङका क्रममा दुर्घटना हुँदा अक्षयले मृत्युलाई नजिकबाट देखेको समेत अन्तर्वार्तामा किस्सा सुनाउँछन् । फिल्म ‘ब्ल्यू’को दौरान पनि मृत्युको मुखबाट उम्केको घटना अक्षयको लागि अविस्मरणीय छ । 

dashain shuvakamana
Discovery School

सन् २००९ मा प्रदर्शनमा आएको सो फिल्मको सुटिङका दौरान अक्षय ४० भन्दा बढी शार्कले घेराबाट उम्किएका थिए । ‘ई टाइम्स’ लाई दिएको अन्तर्वार्तामा उनले बताएअनुसार पानीमुनि सुटिङका क्रममा टाउकामा चोट खेप्नु परेको थियो । 

त्यससमय उनी बिना अक्सिजन पानी मुनि गएको बताउँछन् । त्यही समय उनलाई १५० फिट तल रहेको र माथिबाट ४०-४५ शार्कले घेरेका थियो । ती शार्कको शिकार हुनबाट आफू जसो तसो बाचेको उनी बताउँछन् । 

यसलाई उनी मृत्युलाई नजिकबाट नियालेको दुर्घटनाका रुपमा लिन्छन् । सुटिङमा भएको दुर्घटना मध्ये यो नै उनको लागि अविस्मरणीय हो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार