कैलाली : बाँके राष्ट्रिय निकुञ्जमा तस्कर र नेपाली सेनाबीच गोली हानाहान भएको छ। राप्तीसोनारी १, राजकोटस्थित निकुञ्ज क्षेत्रभित्र बुधबार तस्कर र सेनाबीच गोली हानाहान भएको हो।
सेनाका अनुसार निकुञ्ज क्षेत्रभित्र प्रवेश गरी चोरीसिकारमा संलग्न व्यक्तिहरुले पहिले दुई राउण्ड गोली लुकीछिपी चलाएका थिए। त्यसपछि सेना र निकुञ्ज कार्यालयका कर्मचारीसहितको संयुक्त पट्रोल टोलीले चार राउण्ड जबाफी फायरिङ गरेको सेनाले जनाएको छ।
सो ठाउँबाट बाह्रबोर हतियार १ नाल, भरुवा बन्दुक १ नाल, त्यसमा प्रयोग हुने गोली, खुकुरीका साथै बन्दोबस्तीका सामानहरू बरामद गरिएको सेनाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्