एमालेले माग्यो तीन मन्त्रीको राजीनामा

काठमाडाैं : प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा बोल्दै एमाले नेता रघुजी पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेतलाई प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट हटाउनुपर्ने बताए। २०७४ सालमा सञ्चारमन्त्री भएका वेला टेरामक्स प्रणालीमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले स्वास्थ्यमन्त्री बस्नेतसँग बयान लिएको थियो।

त्यस्तै, विवादित छविका ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किरातीलाई पनि पदबाट हटाउनुपर्ने नेता पन्तले माग गरे। एमाले नेता पन्तले बालकुमारीमा दुई निर्दोष युवाको ज्यान लिने घट्नामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले राजीनामा दिनुपर्ने बताए। बालकुमारी घट्नामा ज्वालाको लापरवाही देखिएको उनको भनाइ छ।

dashain shuvakamana
Discovery School

बैठकमा पन्तले पञ्चायतकालदेखि नै विवादित मन्त्रीले राजीनामा दिंदै आएको उल्लेख गरे। विभिन्न समयमा भेषबहादुर थापा, सर्वेन्द्रनाथ शुक्ल, तारिणिप्रसाद चटौत, शेरबहादुर तामाङ,, गोकुल बास्कोटाले राजीनामा दिएको स्मरण गर्दै पन्तले बैठकमा भने, “सुशासनको भाषण गरेर नथाक्ने, भ्रष्टाचारमा अख्तियारले बयान लिन बोलाएका मन्त्रीलाई पनि राजीनामा गर भन्न नसक्ने कायर र नैतिकताहीन प्रधानमन्त्रीले देशलाई भ्रष्टाचार मुक्त बनाउन सक्दैन।”

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार