फिल्म प्रदर्शन हुने अघिल्लो दिन नुन पानीले किन नुहाउँछन् शाहरुख ?

कैलाली : बलिउड अभिनेता शाहरुख खानको व्यक्तिगत विवरण बुझ्न दर्शक उत्सुक हुन्छन् । सोहीकारण उनका सानाभन्दा साना कुरा पनि चर्चामा आउँछन् । उनले भर्खरै फिल्म प्रदर्शनको अघिल्लो दिन नुन पानीले नुहाउने खुलासा गरेका छन् ।

शाखरुखले यसबारेमा जानकारी दिँदा दर्शकहरू आश्चर्यमा परेका थिए । यो कुरा आफूले वर्षौँदेखि गर्दै आएको उनको भनाइ छ ।शाहरुख भन्छन्, ‘फिल्म शुक्रबार प्रदर्शन हुन्छ । म बिहीबार २ घण्टा नुहाउँछु । यस्तो गर्दै आएको वर्षौँ भयो ।’

Dengue

फिल्ममा अभिनय गरेको पात्र आफ्नो शरीरबाट भगाउनका लागि लामो समय लगाएर नुहाउने उनी बताउँछन् । दिल–ज्यान लिएर निर्वाह गरेको फिल्मको पात्र हटाउनु नै यसको उद्देश्य भएको उनी स्पष्ट पार्छन् ।

यसरी नुहाउँदा महँगो तेल र सुगन्धको प्रयोग गर्ने उनी बताउँछन् । पानीमा नुन मिसाउनुको कारणबारे उनी भन्छन्, ‘यसले चाहिँ मलाई राम्रो महसुस गराउँछ ।’

यसरी मनदेखि नै फिल्ममा काम गर्दा नसोचेको नतिजा आएको उनी बुझाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार