टी-२० विश्वकपमा रोहित शर्माको कप्तानीमा भारतीय झण्डा फहराउनेछौं जय शाह : सचिव जय शाह

एजेन्सी : टी-२० क्रिकेट विश्वकप यसै वर्षको जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ।

प्रतियोगितामा भारतीय टोलीको कप्तानी रोहित शर्माले गर्ने पक्का भएको छ।बुधबार गुजरातको राजकोटमा आयोजित एक कार्यक्रममा बीसीसीआई सचिव जय शाहले यस्तो घोषणा गरेका हुन्।

Dengue

भारतमै भएको एक दिवसीय विश्वकपमा घरेलु टोलीले लगातार १० वटा खेल जितेर पनि फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो।

विश्वकप ट्रफी घरमै राख्न नपाएपछि रोहित शर्माको ह्वाइटबल क्रिकेट करिअरको विषयमा समेत प्रश्न उठिरहेको थियो।

यसैबीच बीसीसीआईका सचिव शाहको यो भनाइ आएको हो। ‘२०२३ मा लगातार १० खेल जितेर पनि हामीले विश्वकप जित्न नसके पनि मन जित्यौं,’ जय शाहले भने, ‘हामी रोहित शर्माको कप्तानीमा २०२४ मा बार्बाडोसमा भारतीय झण्डा अवश्य फहराउनेछौं।’

टी–२० विश्वकप क्रिकेटको फाइनल खेल बार्बाडोसमा हुँदैछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार